रियल सोसिडाड बिरुद्ध रियलको जीत

(एजेन्सी)– ला लिगाको गए रातीको भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ को जीत हात पारेको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमै कभिन रोड्रिग्वेजको आत्मघाती गोलबाट रियल अन्तर दोब्बर भएको थियो । त्यसअघि २८ औं मिनेटमा केभिनले नै घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए । बेलले दोस्रो हाफमा गोल गरेपछि रियलले तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।

क्रिस्टियानो रोनाल्डो विनाको रियलले अघिल्ला दुई खेलमा बराबरीमा रोकिएको थियो । सुपर कपमा रेफ्रीलाई धक्का दिएका कारण रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध थियो । अब अर्को खेलबाट रियल टोलीमा फर्कनेछन् । ४ खेलपछि रियलको ८ अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्