एमसीसीको टोली नेपाल आइपुग्यो , क्रिकेट मैदानमा भव्य स्वागत
काठमाडौं , कात्तिक १६ । विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल आइपुगेको छ ।
नेपालसँग एमसीसीसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । एससीसीको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा स्वागत गरेको हो ।
यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । एमसीसीले भ्रमण गरेपछि २०१८ मा नेपालले एमसीसीको घरेलु मैदान लर्डस्मा त्रीकोणत्मक सिरिज खेलेको थियो ।
आईसीसीको समन्वयमा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुन लागेको सिरिजमा नेपालले दोस्रो पटक घरेलु मैदानमा एमसीसीसँग खेल्ने अवसर पाएको हो । समग्रमा तेस्रो पटक एमसीसीसँग भिड्न लागेको नेपालले एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल्नेछ ।
आइतबार एमसीसीले नेपालसँग ५० ओभरको खेल खेल्नेछ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । सरिजका लागि नेपालले बिहीबार ज्ञानेन्द्र मल्लको कप्तानीमा टि–ट्वान्टी, एकदिवसीय र फर्स्ट क्लास गरी ३ टोली घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्