हिमालयन क्यापिटल लिमिटेडको कारोबार सुरु, बैंकका अध्यक्षले गरे उद्घाटन

काठमाडौं , कात्तिक १५ । हिमालयन क्यापिटल लिमिटेडको कारोबार सुरु भएको छ ।
हिमालयन बैंक लिमिटेडले आफ्नो सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको कारोबार आजबाट सुरु गरेको हो ।

बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले हिमालयन क्यापिटल लिमिटेडको उद्घाटन गरेका छन् ।


मर्चेन्ट बैंकिंग कारोबार अन्तर्गत हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, शेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, र डीपी सेवा प्रदान गर्ने छ ।

बैंकको पूर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिंग तथा इन्भेस्टमेन्ट बैंकिंग सेवा प्रदान गर्नु रहेको छ ।

क्यापिटलको चुक्ता पुँजी २० करोड रहेको छ । नेपाल धितोपत्र बोर्डले हिमालयन क्यापिटललाई गत साउन २६ गतेबाट नै सम्पूर्ण मर्चेन्ट बैंकिंग कारोबार गर्न इजाजत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्