गरिमा विकास बैंकको लाभांश प्रस्ताव, १७ प्रतिशत लाभांश दिने

काठमाडौं, कात्तिक १५ । गरिमा विकास बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ ।


बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।


बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।


बैंक संचालक समितिको कार्तिक १४ गते साँझ बसेको २३४ बैंठकले हाल कायम चुक्ता पूँजीको १६.१५ प्रतिशत अर्थात ४५ करोड ३ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।


बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७५र७६ मा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्