सनराईज बैंकले ८१ करोड भन्दा बढिको बोनस सेयर वितरण गर्ने
काठमाडौं, कात्तिक १५ । सनराईज बैंकले ८१ करोड भन्दा बढिको बोनस सेयर वितरण गर्ने भएको छ।
बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्न लागकोको जनाएको छ ।
सनराईज बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढि रहेको छ । २०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा सञ्चालनमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्