माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल नियुक्त

काठमाडौं ,कात्तिक १५ । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त
भएका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडको कात्तिक आठ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारणसभा सम्मको लागि नियुक्त गरेको हो ।

नवनियुक्त संचालक सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा लामो अनुभव रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्