मेस्सीलाई लागेको तीन महिने प्रतिबन्ध हट्यो, मैत्रीपूर्ण खेलको लागि मेस्सी परे टिममा
काठमाडौं, कात्तिक १५ । कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति दिएपछि अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सीलाई लागेको तीन महिने प्रतिबन्ध हटेको छ । तीन महिनाको प्रतिबन्धपछि मेस्सी अर्जे्न्टिनाको टिममा फर्किएका छन् ।
अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाउँदै मेस्सीले त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।
मेस्सीको यो भनाईपछि कोपा अमेरिकाले उनलाई तीन महिनाका लागि कुनै पनि अन्तर्रा्ष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेपछि मेस्सीले अर्जे्न्टिनाबाट चार खेल गुमाएका थिए ।
प्रतिबन्ध सकिएलगत्तै अर्जे्न्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जे्न्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्