सन्दीप लामिछाने बने सर्वाधिक देशमा गएर टी-२० क्रिकेट खेल्ने खेलाडी
काठमाडौं , कात्तिक १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वा्धिक देशमा गएर टी-२० क्रिकेट खेल्ने क्रिकेटर बनेका छन् ।
पछिल्लो समय विभिन्न देशका फ्रेन्चाइज लिगमा व्यस्त नेपाली युवा लेगस्पिनर लामिछाने टी–ट्वान्टी क्रिकेट खेल्न विश्वका सबैभन्दा बढी देशमा पुग्ने खेलाडीको शीर्ष स्थानमा परेका छन् ।
विश्व चर्चित म्यागजिन ‘द क्रिकेट मन्थ्ली’को नयाँ तथ्याङ्कअनुसार सन्दीप टी–ट्वान्टी क्रिकेट खेल्न विश्वका बढी देशमा पुग्ने खेलाडीको शीर्ष स्थानमा परेका हुन् ।
सन्दीपसँगै शीर्षस्थानमा अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि छन् । यी दुई खेलाडीले ८ देशमा टि–ट्वान्टी क्रिकेट खेलेका छन् ।
विश्व क्रिकेटको चर्चित लिग इन्डियन प्रिमियर लिग देखि अष्ट्रेलियाको बिग बास, क्यानडा, दक्षिण अफ्रिका र बंगलादेश, पाकिस्तान र हङकङको लिग खेलिसकेका सन्दीप हालै द हन्ड्रेड क्रिकेटका लागि डेढ करोड रकममा अनुबन्धित भएका छन् ।
बढी देशमा पुग्ने खेलाडीको शीर्ष स्थानसँगै सन्दीप सर्वा्धिक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा परेका छन् । उनले अहिलेसम्म टि ट्वान्टीमा ९ सय ८५ बल बलिङ गरेका छन् । शिर्ष स्थानमा भने अफगानिस्तानका कप्तान राशिद खान छन् । राशिदले १३ सय ५५ बल बलिङ गरेका छन् ।
यस्तै सर्वा्धिक टिमबाट खेल्नेमा सन्दीप, क्रिस गेल र कोलिन इनग्राम दोस्रो स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्