कपिलवस्तुमा प्रहरीको गोली लागि मारिने व्यक्ति भारतीय नागरिक
काठमाडौं , कात्तिक १४ । कपिलवस्तुमा प्रहरीको गोली लागि मारिने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।
बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुल्न आएको हो ।
सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको प्रहरी प्रमुख डीआईजी सुरजकुमार श्रेष्ठले बताए । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएका थिए ,
लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको उत्पन्न भएको थियो ।
प्रहरीका अनुसार हिन्दु समुदायका व्यक्तिले लक्ष्मीपूजाको मूर्ति विसर्जनका लागि झण्डिनगरको रुट प्रयोग गरेका थिए । तर, मुस्लिम समुदायले त्यस क्षेत्रमा धेरै मदरसा भएको भन्दै अर्कै बाटो प्रयोग गर्न भनेका थिए ।
त्यहीवीच विवादले उग्र रुप लिएको स्थानीयले बताएका छन् । विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार समेत गरेको थियो । तर, स्थानीय उल्टै उग्र हुँदा प्रहरीतर्फ ३ जना घाइते भएपछि प्रहरीले गोली चलाएको बताएको छ ।
त्यसक्रममा पाण्डेको मृत्यु भएको हो । तर, डीआईजी श्रेष्ठले भने कफ्यू लागिसकेपछि गोली चलेको दाबी गरेका छन् । कफ्यू ११ बजे लागेको थियो भने गोली १२ बजेर तिर चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्