राष्ट्रिय क्रिकेट टिमको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

काठमाडौं कात्तिक १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले उनलाई कप्तानीको जिम्मेवारी दिएको हो । त्यसैगरी उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीले पाएका छन् ।

नेपाली यू–१९ ए टिम घोषणा

भारतको हैदराबादमा हुन लागेको यूू–१९ च्यालेन्जर सिरिजका लागि नेपाली यू–१९ ‘ए’ क्रिकेट टोली घोषणा भएको छ ।

कात्तिक २५ गतेबाट सूरु हुने यूू–१९ च्यालेन्जर सिरिजका लागि रित गौतमको कप्तानीमा यू–१९ ए क्रिकेट टोली घोषणा भएको हो । राखेपका मुख्य प्रशिक्षक जगत टमाटा, प्रशिक्षक विनोद दास र राजु खड्का आबद्ध छनोट समितिले टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान रितसँगै लोकेश बहादुर बम, तिर्थ राज दास, बिशाल बिक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुन ऐरी, कुशल मल्ल, बिबेक कुमार यादब, सूर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी छन् ।

वैकल्पिक खेलाडीमा दिपक बोहरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह र सोनु देबकोटा छन् ।

प्रतिक्रिया दिनुहोस्