दाङबाट झण्डै ७ लाख रुपैयाँसहित तास र कौडा खेल्ने ८ जना पक्राउ

काठमाडौं, कात्तिक ११ ।दाङबाट झण्डै ७ लाख रुपैयाँसहित तास र कौडा खेल्ने ८ जना पक्राउ परेका छन् ।

लमही नगरपालिका वडा नम्बर ५ बाट जुवा र कौडा खेलिरहेको अवस्थामा ८ जना व्यक्ति पक्राउ परेकाहुन् । रत्नप्रसाद श्रेष्ठको घरबाट जुवा खेलिरहेको अवस्थामा श्रेष्ठसहित ८ जना व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मध्यरातमा छापा मारेर प्रहरीले ६ लाख ७८ हजार पाँच सय रुपैयाँसहित तास र कौडा खेल्नेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुलाइ मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवासम्बन्धी) कसुरमा मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ । तिहारको अवसरमा प्रहरीले विभिन्न ठाउँमा जुवाडे समाति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्