प्रभु बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै
काठमाडौं, कात्तिक ८ । प्रभु बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने बैंकले जनाएको छ । बैंकले १०.२५ प्रतिशत व्याजदरमा १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधारणको लागि निष्काशन गरिने छ।
सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात २० लाख कित्ता पनि सर्वसाधारणको लागि बिक्री गर्नेछ।
सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम चार लाख कित्तासम्मको लागि आवदेन दिन सक्ने छन्। जारी गर्न लागिएको उक्त ऋणपत्रले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा नेपाल एल ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ।
लगानीकर्ताले अर्धबार्षिक रुपमा २०८६ सम्म तोकिएको व्याजदरमा व्याज रकम प्राप्त गर्न सक्ने छन्।
बैंकले छिटोमा कात्तिक २५ गते र पहिलो चरणमा बिक्री नभए ढिलोमा मंसिर २० गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्