भन्सार छलेर ल्याएको ३९ लाख बराबरको कपडा बरामद

काठमाडौं, कात्तिक ८ । भन्सार छलेर ल्याएको ३९ लाख रुपैयाँ बराबरको कपडा बारा प्रहरीले बरामद गरेको छ।


सिमावर्ती भारतीय बजारबाट ल्याइएको उक्त कपडा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। साडी, सुटिङ सर्टिङ कपडा, कुर्ता सुरुवाल, थान कपडा, लेहंगा, गम्छा, बच्चाको कपडा लगायत बरामद गरिएको हो

बिहीबार साँझ सिम्रौनगढ नगरपालिका ११ भगवानपुर टोलका सञ्जय जैसवालको घरबाट प्रहरीले ३९ लाख ४६ हजार ६१ रुपैयाँ बराबरको भन्सार छलीको कपडा बरामद गरेको बारा प्रहरीले बताएको छ ।

बरामद भएको कपडा भन्सार ऐन अनुसार आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्