सिद्धार्थ बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्नः १५ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं, कात्तिक ७ । सिद्धार्थ बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार काठमाडौंमा एक भव्य कार्यक्राकाबीच सभा सम्पन्न भएको हो ।
बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा भएको साधारण सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५ सय ४०को १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रदान गर्ने लगायतको प्रस्ताव पारित गरेको छ ।
२०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने ११३ अर्ब कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्