बलात्कार र हत्या आरोपित १९ वर्षपछि अमेरिकाबाट पक्राउ

काठमाडौं, कात्तिक ६ । बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका एक नेपाली अभियुक्त अमेरिकामा १९ वर्षपछि पक्राउ परेका छन् ।

झापा चन्द्रगढी–३ घर भई हाल अमेरिकामा बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो । लिलाराज विरुद्ध ०७४ मंसिरमा रेड नोटिस जारी भएको थियो ।

गौतमलाई बुधबार टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको छ । उनी २०१८ फ्रेबुअरी ३ मा अमेरिकामा पक्राउ परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

२०५७ साल असोज २९ गते गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी–३ की एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सर्वोच्च अदालतले ०६६ भदौ १९ गते उनीहरुलाई जन्मकैदको सजाय सुनाएको थियो ।


गौतमलाई आवश्यक कारवाहीको लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को जिम्मा लगाइएको छ । उनी १९ वर्षदेखि बलात्कार गरि फरार भएका थिए । खोजी कार्य गर्दा उनलाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्