“बि एम डब्ल्यु मोटराड जि एस सर्टिफाइड टेनिङ्ग” सम्पन्न
काठमाडौं । “बि एम डब्ल्यु मोटराड जि एस सर्टिफाइड टेनिङ्ग” सम्पन्न भएको छ । नेपालका आधिकारीक बिक्रेता हिमालयन मोटराडले आयोजना गरेको सम्पन्न भएको छ । उक्त टेनिङ्ग कायक्रममा १८ जना जि एस राइडरहरुले सहभागीता रहेको थियो ।
सहभागि राइडर्सहरु बि एम डब्ल्यु मोटराड सोरुम नारायण चउरमा भेला भई सिस्टमेटिक गु्रप राइड गरि सोरुम बाट हात्तिसार, कृष्ण पाउरोटि, घण्टाघर, भद्रकाली, शहिद गेट, त्रिपुरेश्र, थापाथली, कुपोन्डोल, पुलचोक, मंगलबजार, ग्वार्को, इमाडोल, सिद्विपुर हुँदै लुभु को डाडा मा पुगेर टेनिङ्ग कार्यक्रम स्थानमा पुगेका थिए । बि एम डब्ल्यु जि एस र्सटिफाइड टेनिङ्ग का लागी डिजाइन गरिएको पुरै अफरोड रेसिङ्ग ट्रयाकमा २२ देखि ५० भन्दा बढि उमेरका सहभागी राइडसहरुलाई बि एम डब्ल्यु मोटराड जि एस इन्टरनेशनल टेनर् अजित भारध्वजबाट नेपालमै पहिलो पटक बि एम डब्ल्यु जि एस र्सटिफाइड टेनिङ्ग दिइएको थियो ।
यस कार्यक्रममा ट्राफिक नियम, सिस्टमेटिक ग्रुप राइड, अफरोड एडभेण्चर राइड, राइड पोजिसन, ह्यान्डलिङ, स्ट्यान्डिङ, राइडिङ, अपहिल राइडिङ, डाउनहिल राइडिङ, इमर्जेन्सी स्टप, इमर्जेन्सी ब्रेकिङ तथा सेफ्टी राइडिङका वारेमा तालिम दिएको थियो, हिमालन मोटराड, बि एम डब्ल्यु नेपालका अध्यक्ष सौरब जेबि राणाले सहभागीहरु लाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्