सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

काठमाडौं, कात्तिक ३ । सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कात्तिक १ गते बसेको संचालक समितिको ३१६ औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।


करिव २० वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भईविभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । शाखा संचालन ,ट्रेड प्रसाशन , जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनकोे दक्ष्ता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।


ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्