म्यानचेस्टर सिटीको जित, अग्युरो बने नायक

एजेन्सी– म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटी २–१ को माथि संघर्षपूर्ण जित निकालेको हो ।

म्यानचेस्टर युनाइटेडलाई हराएर सेमिफाइनलमा स्थान बनाएको ब्रिस्टोल सिटीले सेमिफाइनलको पहिलो लेगमा अर्को म्यानचेस्टर क्लबलाई पनि कडा चुनौती दिएको हो । दोस्रो लेग जनवरी २३ मा ब्रिस्टोलको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्