सिभिल बैंक लिमिटेडको शाखा अब काठमाडौंको काँडाघारी (पेप्सीकोला)मा

काठमाडौं, कात्तिक १ । सिभिल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा काठमाडौंको काँडाघारी (पेप्सीकोला)मा पनि विस्तार गरेको छ ।

“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले काठमाडौें, काँडाघारी(पेप्सीकोला) मा शाखा विस्तार गरि संचालनमा ल्याएको हो ।

सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुतm रुपमा गरेका छन् ।

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डेले गरेका थिए भने प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा रहेका थिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे ।


कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर बिन्दु सिंखडाले सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे े ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।

कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका प्रदेश नं ३ का प्रदेश प्रमुख भोला बहादुर विष्ट तथा अन्य विशिष्ट पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्