बैंक अफ काठमाडौंको २५ औं वार्षिक साधारण सभा सम्पन्न : १७ प्रतिशत लाभांश बितरण

काठमाडौं, असोज ३० । बैंक अफ काठमाडौंको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज एक कार्यक्रमका बीच ३० गते सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको छ । बैंकको खुदमुनाफा गत वर्षको तुलनामा करिव ४३.६१ प्रतिशतले वृद्घि भई रु. १ अर्ब ८९ करोड पुगेको छ ।

साधारण सभाले २०७५र७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार सम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको छ ।

सोही अवसरमा बैंकले आफ्ना लगानिकर्ता तथा ग्राहकहरुको लागि बि.ओ.के. लगानिकर्ता बचत खाता र्सावजानिक गरेको छ ।

आ.ब. २०७५र७६ मा बैंकको कुल निक्षेप ८३ अर्व ३२ करोड तथा कुल कर्जा ७६ अर्व ३६ करोड रहेको छ ।

साथै बैंकले हाल ८७ शाखा, ७८ ए.टी.एम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जाल मार्फत आफ्ना ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्