सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा पनि

काठमाडौं, असोज ३० । सिभिल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मोरङको पुष्पलालचोकमा पनि विस्तार गरेको छ ।


“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा विस्तार गरि संचालनमा ल्याएको हो । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने बताए ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको छ ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्