चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा पुर्णरुपमा बन्द

काठमाडौं, असोज ३० । चीनले स्याटलाइट बन्द गर्दा डोल्पामा मोबाइल सेवा बन्द भएको छ । गएको बुधवारदेखि मोवाइलसेवा बन्द हुँदा दुई स्थानीय तहका झण्डै १५ हजार सेवाग्राही मोवाइलसेवाबट पुर्णरुपमा वञ्चित भएका छन्।

चिनियाँ स्याटलाइट बन्द भएपछि जिल्लाका मुड्केचुला र काइके गाउँपालिकामा मोबाइल सेवा पुर्णरुपमा बन्द भएको हो। हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा मोबाइल सेवा बन्द भएको छ ।

दुरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि चिनियाँ कम्पनीले स्याटलाइट बन्दा गर्दा डोल्पाका २ स्थानीय तह पुर्णरुपमा मोबाइल सेवाबाट वञ्चित हुनु परेको दुरसंचार कार्यालय डोल्पाले जनाएको छ।

विगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाइलसेवा प्रदान गर्दै आएको दुरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन्।

चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएको कारण बन्द भएको सेवा सञ्चालनमा आउन दुरसञ्चारको केन्द्रिय कार्यालयको नयाँ निर्णयमा भर पर्ने दुरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले बताए ।

स्याटलाइटबाटै सेवा निकै लामो प्रकृया लाग्ने भएकाले तत्काल सेवा पाउन सम्भव नभएको स्थानीय सरकार र जिल्लाका मन्त्रीहरुको पहल आवह्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्