बुद्ध एयरको कार्यालयमा राजपा कार्यकर्ताद्वारा तालाबन्दी

काठमाडौं, असोज २९ । जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा राजपाका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।


जनकपुरधामको कदम चोकस्थित बुद्ध एयरको नगर कार्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।


मंगलबार बुद्ध एयरको काउन्टर तोडफोड गरेको भन्दै उजुरी परेपछि राजपा सांसद प्रमोद कुमार शाहलाई प्रहरीले पक्राउ गरेको थियो। यसैको विरोधमा उनीहरुले तालाबन्दी गरेको बताएका छन् ।

साहलाई पक्राउ गरिएको विरोधमा राजपा कार्यकर्ताले बुद्ध एयरको नगर कार्यालयमा तालाबन्दी गरेका जनाइएको छ। तालाबन्दीपछि बुद्ध एयरको नगर कार्यालय वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सांसद साहको रिहाइको माग गर्दै राजपाले आझ बिहानबाट जनकपुरमा विरोध प्रदर्शनसमेत गरेको छ ।


१ घन्टा जनकपुरको रामानन्द चोकमा सडक अवरुद्ध हुन पुगेको थियो । यता तोडफोड गर्ने सांसदलाई जिल्ला अदालत धनुषाले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्