एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा नवौं विश्व सम्मेलन बहिष्कार

काठमाडौं, असोज २८ । एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोले नवौं विश्व सम्मेलन बहिष्कार गरेका छन् ।


गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले काठमाडौंमा मंगलबारदेखि सुरु भएको विश्व सम्मेलन वहिस्कार गरेका हुन् ।


संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेका कारण उनी नवौं विश्व सम्मेलनमा सहभागी नभएको बुझीएको छ ।


यता एनआरएन केन्द्रीय सदस्य रामशरण सिम्खडाले भने महतोले सम्मेलन बहिस्कार गरेको नभइ चुनावी प्रक्रियामासहभागी हुन अनिच्छुक देखिएकाले सहभागी नभएको दाबी गरका छन् ।
उनले सुरुदेखि नै महतो एनआरएनजस्तो संस्थामा सहमतिमार्फत नै नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएको बताए ।

महतोले विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भाृत संगठनजस्तो बनाउन नहुने धारणा राख्दै आएका छन् ।

महतोले विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने अडान राख्दै आएका छन् ।

संघको स्थापना भएको १६ वर्षको अवधिमा बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको गर्विलो ईतिहासमा दाग लगाउनेगरि नेतृत्वको लागि राजनीतिक धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ । संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ ।

महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिवेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्