कौडा खेलिरहेका ११ जना प्रहरीद्वारा पक्राउ

काठमाडौं, असोज २७ । कौडा खेलिरहेका ११ जनालाई प्रहरलिे पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वुढानिलकण्ठ नपा वडा नं ४ का ४३ वर्षीय उत्तम कुईकेल, ३६ वर्षीय शिवराम भण्डारी, ३४ वर्षीय कृष्ण खत्री, ३२ वर्षीय मनोज खत्री, ३८ वर्षीय प्रेम दुलाल, ३५ वर्षीय नारायण खत्री, ३९ वर्षीय रोहित खत्री, ३६ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४३ वर्षीय नारायण भण्डारी, टोखा नपा वडा नम्वर २ वस्ने ३४ वर्षीय वालकृष्ण श्रेष्ठ र ४२ वर्षीय हरि प्रसाद डंगोल छन्।

बूढानीलकण्ठ नपा वडा नं ४ स्थित भसमथली क्वाटोलमा रहेको उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४ चार लाख १० हजार १५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम राज सुवेदीले बताए।
थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्