भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला

काठमाडौं, असोज २६ । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला भारतले जितेको छ । पुनेमा भएको दोस्रो टेष्ट एक इनिङ्स र एक सय ३७ रनले जितेर भारतले तीन खेलको श्रृंखलामा २र० को अग्रता लिएको हो ।


भारतको यो दक्षिण अफ्रिकाविरुद्धको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो ।
जितसंगै भारतले घरेलु मैदानमा लगातार एघारौं श्रृंखला जित्ने कीर्तिमान रच्न सफल भएको छ ।
यसअघि अष्ट्रेलियाले दुई पटकसम्म १० श्रृंखला जितको कीर्तिमान रचेको थियो ।

पहिलो टेष्ट दुई सय तीन रनले जितेको भारतले श्रृंखलाको अन्तिम खेल कार्तिक २ गतेदेखि राँचीमा खेल्नेछ ।

भारतले पहिलो इनिङ्समा कप्तान विराट कोहलीको अविजित दुई सय ५४ रनको मद्धतले ५ विकेटको क्षतिमा छ सय एक रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

कोहलीले सातौं पटक टेष्टमा दोहोरो शतक बनाएका हुन् । जवाफमा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा दुई सय ७५ र दोस्रो इनिङ्समा एक सय ८९ रन बनाएको थियो ।


कोहलीले सातौं पटक टेष्टमा दोहोरो शतक बनाएका हुन् । जवाफमा दक्षिण अफ्रिकाले पहिलो इजिसमा बल आउट गरेपनि अकं भने जोडन् सकेन ।
दुवै इनिङ्समा गरेर रविचन्द्रन आश्विन र उमेश यादवले समान ६र६ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्