सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने

काठमाडौं, असोज २६ । सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने भएको छ ।


यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको थियो ।


रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई ५र५ लाख रुपैयाँ दिने आइतबार सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा पनि लिएका छन् ।


मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत ५र५ लाख रुपैयाँ उपलब्ध गराउने, किरिया खर्चबापत पचासरपचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।


किरिया खर्चबापतको पचासरपचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ । सो घटनामा परि सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो ।


उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपछि घर फर्किसकेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्