बार्सिलोनाका नयाँ स्टार कौटिन्हो चोटका कारण तीन हप्ताका लागि बाहिर

बार्सिलोना (एजेन्सी) । बार्सिलोनाका नयाँ स्टार फिलिप कौटिन्हो तिघ्राको चोटका लागि कम्तीमा पनि ३ हप्ताको लागि मैदान बाहिर भएका छन् ।

बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइटमार्फत कौटिन्होको चोटको जानकारी दिएको हो ।
ब्राजिलियन कौटिन्हो शनिबार मात्र बार्सिलोना पुगेका हुन् । उनलाई बार्सिलोनाले १ सय ६० मिलियन पाउन्डमा किनेको हो । यस ट्रान्सफरसँगै नेयमार पछिका कौटिन्हो सबैभन्दा महँगा खेलाडि पनि भएका छन् । कुनै पनि ब्रिटिस क्लब संलग्न भएको यो सबैभन्दा ठूलो सम्झौता थियो ।

बार्सिलोना अहिले १८ खेलमा ४८ अंकका साथ लालिगाको शीर्ष स्थानमा रहेको छ । कौटिन्होले यस सिजन लिभरपुलका लागि सबै प्रतियोगितामा १२ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्