आचरण विपरितको काम गर्ने एक दर्जन प्रहरी कारबाहीमा
काठमाडौं, असोज १४ । पर्सामा आचरण विपरितको काम गर्ने एक दर्जन प्रहरीलाई कारबाही गरिएको छ ।
जिल्लामा गएको जेठ २० गते देखि यता १२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा एक जना प्रहरी नायव निरीक्षक (सई), तीन जना प्रहरी सहायक निरीक्षक (असई) तथा अन्य गरी १२ जना रहेका छन् ।
पदीय दायित्व निर्वाह नगरेको फेला परेपछि उनीहरुलाई विभागीय कारबाही गरेको पर्साका प्रहरी उपरीक्षक सामेन्द्र सिंह राठौरले जानकारी दिए । पौने चार महिनाको अवधिमा प्रहरीको आचरण विपरित काम गरेकाहरुलाई कारबाही गरिएको र थप २ जना हवलदारमाथि छानबिन भइरहेको उनले बताए ।
कारबाहीमा परेका ६ जना निलम्बित छन् । निलम्बनमा पर्नेमध्ये एक जना प्रहरी सहायक निरीक्षक (असई), एकजना हवल्दार र चारजना प्रहरी जवान रहेका छन् । अधिकांश सीमा क्षेत्रबाट हुने तस्करीमा संलग्न पाइएपछि कारबाही भएको प्रहरी स्रोतको दाबी छ ।
यस्ता प्रहरी विभिन्न समयमा कारबाहीमा पर्ने गरेका छन् । विभिन्न क्रियाकलापमा संलग्न रहेर ।
प्रतिक्रिया दिनुहोस्