अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा, को को परे ?
काठमाडौं, असोज १४ । फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा यसपटक चाइनिज ताइपेईविरुद्धको खेलमा २ खेलाडी परिवर्तन गरिएको छ ।
अखिल नेपाल फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलाडीको सूचीमा यसअघि घाइते भएका नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन । नेपाली टिम यस्तै रहेको छ ।
गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ रहेका छन भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल, मिडफिल्डरमा सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द यसै गरि स्ट्राइकरमा विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ परका छन् ।
यसपटक पनि टिममा पूर्व कप्तान विराज महर्जनलाई स्थान दिइएन । नवयुग श्रेष्ठ ताइपेइविरुद्धको खेलमा स्वास्थ्यका कारण आराम गरेका थिए । अष्ट्रेलिया जानका लागि स्ट्राइकर विमल घर्तिमगर नेपाल फर्किसकेका छन् भने रोहितले इन्डोनेसियाबाट नै सिड्नी प्रस्थान गर्ने बताइएको छ ।
नेपाली टिम भोलि अष्ट्रेलिया प्रस्थान गर्नेछ । नेपालको कप्तानी किरण चेम्जोङले नै गर्नेछन् । नेपालले अक्टोबर १० ताखिरमा अष्ट्रेलियाविरुद्ध क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि नेपाली टिमले जोर्डनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्