सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन झाँक्रीको आग्रह

काठमाडौँ, १३ असोज । श्रमिक महिला रक्षक संघले अनौपचारिक क्षेत्रमा क्रियाशील श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न माग गरेको छ ।

संघले सोमबार आयोजना गरेको सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जन क्षेत्र विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सांसद रामकुमारी झाँक्रीले अनौपचारिक क्षेत्रमा गरिने सबै प्रकारका कामलाई अब औपचारिक बनाउनुपर्नेमा जो दिइन् । उनले निजी क्षेत्रमा संगठित सबै कामदारलाई कोषमा अनिवार्य रुपमा सूचिकृत गर्न व्यवस्था गरिएकाले सम्बन्धित व्यवसायीले आफ्नो संस्था र श्रमिकलाई सूचिवद्ध गर्नुपर्नेमा आग्रह गरिन् ।

पूर्वमन्त्री परशुराम खापुङले सामाजिक सुरक्षामा आवद्ध भएपछि श्रमिकले योगदानमा आधारित सुविधा प्राप्त गर्न सक्ने हुँदा यसलाई प्रभावकारी रुपमा अगाडि बडाउनपर्ने विचार व्यक्त गरे ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले लागू गरेको श्रम ऐनलाई व्यवसायीले त्यसलाई क्रियान्वयन गर्नुपर्नेमा जोड दिए । उहाँले त्यस्तो कार्यले व्यवसायलाई मर्यादित बनाउने उद्यमी तथा श्रमिकलाई थप सुरक्षित बनाउने बताए ।

ट्रेड युनियनकर्मी ऋषभदेव घिमिरेले श्रमिकलाई आधारभूत ज्याला नदिएको यस क्षेत्रलाई व्यवस्थित बनाउन खाँचो औँल्याए । कार्यक्रम आयोजक संघका अध्यक्ष सविना लिम्बुले आनौपचारिक क्षेत्रका कामदारले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पु¥याएकोले यस व्यवसायलाई मर्यादित र सुरक्षित गर्नुपने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्