सनराइज बैंकद्वारा बालमन्दिरलाई रु. एक लाख ५० हजर बराबरको सामाग्री हस्तान्तरण
काठमाडौँ, १३ असोज । सन्राइज बैंकले १२ औँ वार्षिकोत्सवको अवसरपारी बाल मन्दिरका बालबालिकालाई करिब रु. १ लाख ५० हजार बराबरको सामाग्री वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार नक्सालमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बाल मन्दिरका महासचिव गणेशभक्त श्रेष्ठलाई खाद्यन्न, लत्ता कपडा, जुत्तालगायत सामग्री हस्तान्तरण गर्नुभयो । बैंकले यही असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभरका शाखा कार्यालायलाई निर्देशन गरेको प्रमुख कार्याकारी अधिकृत पौड्डालले जानकारी दिनुभयो ।
उहाँले बालबालिका भविष्यका कर्णधार भएकाले यस्ता असाहय बालबालिकालाई सबै तहबाट सहयोग गर्न सकेमा उनीहरुको लालन पालन, स्वास्थ्य, शिक्षाका साथै भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।
बैंकका संचालक समितिका सदस्य आशा राणा, बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी लगायतले सरकारले लिएको विकास र समृद्धिको अभियानलाई पूरा गर्न बैंक दृढतापूर्वक अगाडि बढेको बताउँदै देशभर कृषि क्षेत्रलाई व्यवसायिक तथा प्रविधियुक्त बनाउन बैंकले १२ प्रतिशत लगानी गरिरहेको र आगामी दिनमा १५ प्रतिशत पु¥याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।
बाल मन्दिरमा हाल ९२ बालबालिका आश्रित छन । काठमाडौँ उपत्यका तथा बाहिर बाल मन्दिरअन्तर्गत १० आश्रयस्थल रहेको र जम्मा ४०० भन्दा बढि बालबालीका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्