ग्लोबल आइएमई बैंकले ल्यायो थप दुई नयाँ शाखा सञ्चालनमा

काठमाडा, असोज १२ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५ हरिसिद्धिमा र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६ होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्