यु–१८ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतको पोल्टामा

काठमाडौं, असोज १२ । काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले उचालेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयको मैदानमा आइतबार भएको फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै भारतले उपाधि उचालेको हो । । निकै प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रविबहादुर रानाले गोल गर्दै भारतलाई जिताए ।

यसअघि मध्यान्तरसम्म दुवै टिमले १(१ को बराबरी खेलेका थिए । भारतका लागि विक्रमप्रताप सिंहले तथा बंगलादेशका लागि एसिन अर्फातीले गोल गरेका थिए । भारत पहिलो संस्करणको र बंगलादेश दोस्रो संस्करणको उपविजेता हो ।

दुवै संस्करणको उपाधि जितेको नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

६ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स तेस्रो भएको छ । सेमिफाइनलमा पराजित दुई टिमबीचको भिडन्तमा भुटानलाई १–० ले पराजित गर्दै माल्दिभ्स तेस्रो भएको हो ।

प्रतिक्रिया दिनुहोस्