मुक्तिनाथ विकास बैंक र काठमाडौं ज्वेलरी देव कर्नरबीच सहकार्य
काठमाडौं १२ असोज । मुक्तिनाथ विकास बैंक लि. र के.जे. देव कर्नर, काठमाडौं बीच सम्झौता भएको छ ।
मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको विशेष छुट दिने व्यवस्था गरेको छ । सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र के.जे देव कर्नरकोे तर्फबाट प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना १२० वटा शाखाबाट निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी १ भाद्र २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्