सन्राइज क्यापिटलको साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

काठमाडौँ ।सन्राइज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।े एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा असोज १० गत सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५÷०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आ.ब. २०७५÷०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्