चितवनमा निर्घात कुटपिटबाट घाइते शाहीको आकस्मिक कक्षमा उपचार हुँदै
काठमाडौं, असोज ११ । चितवनमा निर्घात कुटपिटबाट घाइते शाहीको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
भ्रष्टाचार विरुद्धको अभियान भन्दै कार्यक्रम गर्न चितवन पुगेका शाहीमाथि आज दिउसो आक्रमण भएको हो ।
उनको अहिले चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमणमा शाहीसँगै उनी पक्षका अन्य आठ जना घाइते भएका छन् । घाइते एक जना आक्रमणकारी श्याम थापा घाइते भएका हुन् उनको पनि आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
शाहीलाई पाँच÷छ जनाको संख्यामा आएको युवाको समूहले आक्रमण गरेको थियो । चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेकै बेला शाहीसंगै उनी चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका हुन् । शाही आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता बताउँदै आएका छन् ।
केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अपशब्द प्रयोग गरेको तथा हुलहुज्जत गरेको अभियोगमा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्