सरकारले दियो विद्यालयमा सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई
काठमाडौं , असोज ११ । सरकारले सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन देशभरिका स्थानीय तहलाई निर्देशन दिएको छ ।
देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउ निर्देशन दिएको हो ।
सरकारले आगामी कात्तिक १ गतेदेखि प्याड वितरणको शुभारम्भ गर्दै स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड वितरण व्यवस्थापन गर्ने छ ।
प्याड आवश्यकपर्ने छात्राको लागत राख्ने, वितरण गर्ने, प्रयोग भएका प्याडको उचित तरिकाले विसर्जनको व्यवस्था मिलाउने जिम्मा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्र
शासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जानकारी दिइन् ।
प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गर्ने र त्यसको लागि बजेट व्यवस्थापन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साझाकोष खडा गर्ने छ ।
सरकारको गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो । विद्यालयमा सेनेटरी प्याड नहुँदा छात्राहरुलाई निकै समस्या हुने गरेको छ । यस निति तथा कार्यक्रमले छात्राहरुलाई समस्याबाट जोगीन भने सजिलो हुने छ ।
प्रतिक्रिया दिनुहोस्