युवा उद्यमी पाण्डे भए सिटिजन्स बैङ्कको डाइरेक्टर

काठमाडौं , असोज १० । युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैङ्क इन्टरनेसनलको बोर्ड अफ डाइरेक्टरमा चुनिएका छन् ।


उनी केही वर्ष अघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि डाइरेक्टर भइकेका छन् भने बैङ्कमा पहिलो पटक बैङ्कको डाइरेक्टरमा चुनिएका हुन् ।


उत्पादनमुलक उद्योगमा सत्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षयता बैङ्क तथा वित्तीय संस्थामा समेत आफ्नो उपस्थिति बढाउँदै लगेका थिए । खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको दरिलो उपस्थिति रहेको छ भने विभिन्न बैङ्क, बिमा कम्पनीमा पनि उनको लगानी छ ।


नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य समेत रहेको पाण्डेलाई शुक्रबार बसेको साधारणसभाले उनलाई सिटिजन्स बैङ्कको डाइरेक्टरमा चुनेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।


उत्पादनमुलक उद्योगबाट मात्रै देशको आर्थिक विकास हुने विश्वास लिएका पाण्डेले उत्पादनमुलक उद्योगलाई मात्रै बढावा दिँदै आएका छन् । उनी कसमस सिमेन्टमा डाइरेक्टर छन् । इस्टन कसमसमा पनि डाइरेक्टरकै भूमिकामा छन् ।

त्यसैगरी लोमस फर्मास्यूटिकल्समा पनि उनको भूमिका डाइरक्टरकै छ । त्यसैगरी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा पनि पाण्डे आवद्ध छन् । बैङ्क तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ ।


त्यसैगरी, फर्चुना ग्रुपमा पनि पाण्डे डाइरेक्ट छन् । फर्चुना ग्रुपले औषधिको प्याकिङ सामग्री उत्पादन गरिरहेको छ । इन्जिनियरीतर्फ (ब्याचलर अफ इन्जिनियरीङ) अध्यापन सकेका पाण्डे लामो समयदेखि उत्पादन मुलक उद्योगको प्रवद्र्धन र यही क्षेत्रको विकासमा लागेका छन् ।
एक वर्ष अघि मात्रै उनकै सक्रियतामा फर्मा प्याक उद्योग सञ्चालनमा ल्याएका छन् ।

देशभित्र ठूलो परिमाणमा औषधि प्याक गर्ने प्याकेजिङ सामग्री विदेशबाट आउने गरे पछि आयात प्रतिस्थापन गर्न उनले औषधिलाई आवश्यक पर्ने प्याकेजिङ सामग्री स्वदेशमै उत्पादन गर्न थालेका हुन् । हाल उनको उत्पादन नेपालमा रहेका विभिन्न औषधि उद्योगले लिइरहेका छन्, भने विदेशबाट आयात हुन समेत कम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्