एनआईसी एशिया बैंकको एक्सेन्सन काउण्टर उच्च अदालत पाटनमा
काठमाडौं, असोज १० । एनआईसी एशिया बैंकको एक्सेन्सन काउण्टर उच्च अदालत पाटनमा हुने भएको छ । बैंक लिमिटेडले ललितपुर स्थित उच्च अदालत पाटनमा राख्ने भएको हो ।
बैंकको एक्सेन्टसन काउण्टर संचालनका लागि ललितपुरको हरिहरभवनमा रहेको उच्च अदालत पाटन परिसरमास्थान उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरे ।
उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउनुहुने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्