सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा भोजपुरको हेलौंछामा

काठमाडौं, ९ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा भोजपुरको हेलौंछामा सञ्चालनमा ल्याएको छ ।

बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

बैंकले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गतेबाट आफ्नो १०२औं शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको हो । शाखारहित बैंकिङ्ग सेवाको समुद्घघाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई र सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णु कुमार भुजेलले दिप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्