मुक्तिनाथ विकास बैंकले गर्यो टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

काठमाडौं, असोज ९ । मुक्तिनाथ विकास बैंकले टरौली सामुदायिक पुस्तकालयलाई सहयोग गरेको छ ।

बैकले चितवन रत्ननगर नगरपालिका ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निर्माणका लागि वित्तिय सहयोग स्वरुप ३० हजारको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका माननीय सांसद कृष्ण प्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरे ।

बैंकको सहयोगले पुस्तकालयलाइ भवन निमार्णमा ठुलो राहत मिलेको भन्दै पुस्तकालयले धन्यवाद दिएको छ । यसरी भवनमा अािर्थक सहयो जुट््दा विकासको कार्यले गतिले र समयमै निमार्ण सम्पन्न हुने अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्