सीमानाकामा शसस्त्र प्रहरीले राख्यो ९१ स्थानमा हेल्प डेस्क, कुन ठाउँमा कति ?
काठमाडौं, असोज ९ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरी बल (एपिएफ)ले दक्षिण सीमा नाकामा हेल्प डेस्क स्थापना गरेको छ। चाडपर्वमा भारतबाट नेपाल फर्कने नेपालीहरुलाई लक्षित गरेर सशस्त्रले हेल्प डेस्क स्थापना गरेको हो।
चाडपर्वमा सीमा क्षेत्रमा हुने चोरी, डकैती, लुटपाट, ठगीलगायतका अपराध तथा भारतबाट घर फर्कने नेपालीहरुले पाउने गरेको सास्तीलाई मध्यनजर गरेर हेल्प डेस्क राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्रले दक्षिण सीमा नाकामा विभिन्न स्थानमा गरेर ९१ वटा हेल्प डेस्क राखेको हो। जसमा प्रदेश १ अन्तर्गतको १ नम्बर बाहिनीको मातहतमा २० ठाउँ हेल्प डेस्क राखिएको छ। २ नम्बर बाहिनी अन्तर्गत ४७ स्थान, ३ नम्बर बाहिनी अन्तर्गत १ स्थान, ४ नम्बर बाहिनी अन्र्तगत १ स्थानमा हेल्प डेस्क राखिएको छ।
त्यसैगरी ५ नम्बर बाहिनी अन्तर्गत १६ स्थान र ७ नम्बर बाहिनी अन्तर्गत ६ स्थान गरी ९१ स्थानमा हेल्प डेस्क राखिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसरी राखिएका हेल्प डेस्कमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग पनि सहकार्य गरिएको छ। कुनै अप्रिय घटना भए तत्कालै सशस्त्र प्रहरी खटिनेछ।
दशैं तथा तिहार जस्ता ठुला चाडपर्वमा सीमा क्षेत्रमा चोरी, डकैती, लुटपाट, ठगीलगायतका अपराध हुने गर्दछन् । भारतबाट घर फर्कने नेपालीहरुले पाउने निकै सास्ती पाउने गर्दछन् । यसैलाई मध्यनजर गरेर स्थापना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्