शुक्रबार एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको एटिएम बन्द हुने
काठमाडौं, असोज ८ । आगामी शुक्रबार एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बन्द हुने भएको छ ।
एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई ११ गतेदेखि एकिृकत कारोबार गर्दैछन् ।
सोही कारोबारका लागि दुबै संस्थाको तथ्यांकलाई एकीकृत गरी एउटै कोर बैकिङ कोर बैंकिङ सफवेरबाट कारोबार गर्नुपर्ने भएकाले शुक्रबार सो सफ्टवेयर मिलाउँनका लागि १० गते बैंक बन्द गर्न लागिएको हो । एकीकृत कारोबार एनएमबी बैंकको नामबाट हुनेछ ।
सो दिन बैंकको सम्पूर्ण काउन्टर, इन्टरनेट बैकिङ, एटिएम पिओएस (पस), रेमिट सेवा लगायत कुनै पनि कारोबार नहुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्