ब्राइटन एफए कपको चौथो चरणमा

एजेन्सी – ब्राइटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरण अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसलाई २-१ ले हराउँदै ब्राइटनले चौथो चरणमा स्थान पक्का गरेको हो ।

यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग गरिएको थियो । इंग्ल्याण्डमा प्रतियोगिताको खेलमा भिएआर प्रयोग गरिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्