खप्तड गोल्डकपमा भुटान र रुपेन्देही -११ भिड्दै

काठमाडाैं  । धनगढिमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज ड्रक स्टार भुटान र अग्नि रुपेन्देही–११ बीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली बीचको प्रतिस्पर्धा धनगढिस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा थ्री स्टार क्लब प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले झापा ११ लाई ३–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

१२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्