सिटिजन्स बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं, ६ असोज । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई यस कुलतबाट छुट्कारा गराउने कार्यमा अहोरात्र काम गर्दै आएको नशा रहित समाज नेपाललाई बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रू १०१,००० को आर्थिक सहयोग स्वरूप प्रदान गरेको छ । नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू. १०१,०००। को चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ ।
लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको कूप्रभाव बारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने, सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको यस सुधार गृहमा हाल २४ जना लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्