इंग्लिस प्रिमियर लिग: लिभरपुलसँग चेल्सी २–१ ले पराजित
काठमाडौं, असोज ६ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुल २–१ ले विजयी भयो ।
खेलमा लिभरपुलका लागि अलेक्जेण्डर आर्नोल्ड र रोबर्टो फर्मिनोले एक–एक गोल गरे । चेल्सीका एन्गोलो कान्टेले एक गोल फर्काए । जितसँगै लिभरपुलले प्रिमियर लिग फुटबलको जारी सिजनमा आफ्नो शत प्रतिशत विजय यात्रा जारी राखेको छ ।
गएराति भएको अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ ले हराउँदा क्रिष्टल प्यालेस र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर युनाइटेड भने गएराति पराजित भएको छ । उसलाई लण्डन क्लब वेष्ट ह्याम युनाइटेडले २–० ले हराएको हो । हारपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुना सोल्सायरमाथिको दबाब झनै बढेको छ ।
गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । १३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी, चौथो स्थानको आर्सनल तथा पाँचौ स्थानको वेष्ट ह्याम युनाईटेडको समान १–१ अंक छ ।
प्रतिक्रिया दिनुहोस्