पुरुष भलिबलको उपाधि नेपाल पुलिस क्लबले जित्यो

काठमाडौं, असोज ३ । प्रथम ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय पुरुष भलिबलको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।

नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको कोर्टमा भएको फाइनल खेलमा पुलिसले आर्मीलाई पहिलो सेटमा २५–२२ ले पराजित गरेको थियो । त्यस्तै दोस्रो सेटमा २५–२२ ले हराउँदा अन्तिम सेटमा २५–२२ को सेटमा पराजित गरेको थियो ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको आर्मीले ३ लाखमा पाएका छ । तेस्रो बनेको गण्डकीले १ लाख र चौथो एपीएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्