एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा ताजिकिस्तानसँग नेपाल पराजित
काठमाडौं, असोज ४ । एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद नतिजा बेहोरेको छ । शुक्रबार राति भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भयो ।
प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।
जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।
यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १(१ गोलको बराबरी खेलेको थियो ।
नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्